कीवर्डहरू -

सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने

सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने

अनरले गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा अनर एक्स ४० सार्वजनिक गरेको थियो । धेरै रिपोर्टहरूको अनुसार कम्पनीले आफ्नो अपग्रेड गरिएको संस्करण अनर एक्स ५० जीटी बजारमा ल्याइरहेको छ । यो स्मार्टफोन जनवरी २०२४ मा सार्वजनिक हुन सक्छ ।

अनर जीटी–श्रृंखलाका उत्पादन प्रबन्धक राउल वेई साओलंगले अनर एक्स ५० नामको नयाँ स्मार्टफोन बेइबो पोष्टमा खुलासा गरेका छन् ।

उनले आगामी एक्स ५० जीटीले प्रयोगकर्ताहरूलाई निराश नगर्ने बताए । यो अनर एक्स ५० को लाइनमा आउनेछ जुन यस वर्ष जुलाईमा सार्वजनिक गरिएको थियो ।

 यो फोनमा १६ जीबी र्याम र १ टिबी इनबिल्ट स्टोरेज उपलब्ध हुनेछ । फोन कालो र हरियो रंगमा उपलब्ध हुनेछ । तर, फोनको मूल्यबारे अहिले कुनै जानकारी आएको छैन् ।