कीवर्डहरू -

स्मार्ट ग्लास र क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

स्मार्ट ग्लास र क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

एप्पलले सन् २०२७ सम्म स्मार्ट ग्लास (चश्मा) र क्यामेरा भएको एयरपड्स सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गका अनुसार एप्पलले मेटाले रेब्यानसँगको सहकार्यमा तयार गरेको जस्तै स्मार्ट ग्लाससहित क्यामेरा भएको एयरपड्स ल्याउने छ । 

यी प्रडक्ट सन् २०२७ सम्म सार्वजनिक हुने आशा गरिएको छ । एप्पलले अन्य प्रडक्टमा प्रविधिलाई ल्याएर एप्पल भिजन प्रोको भिजुअल इन्टेलिजेन्सको आरएण्डीमा खर्च हुने लगानी बचाउन खोजेको छ । 

यो कुरा हामीले यस अगाडि नै देखिसकेका छौं । कम्पनीले आईफोन १६ को क्यामेरा कन्ट्रोलको साथमा भिजुअल इन्टेलिजेन्स ल्याइसकेको छ । अब यही सुविधा स्मार्ट ग्लासमा पनि आउने छ । 

स्मार्ट ग्लास डिस्प्लेका साथ पूर्ण रूपमा एआर भने हुने छैन् तर क्यामेरा, माइक र स्पीकरको साथ निर्माण हुनेछ । एप्पलको स्मार्ट ग्लास मेटाको रेब्यान चश्मा जस्तै हुनेछ, जुन पछिल्लो समय लोकप्रिय छ । 

यस बाहेक एप्पलले ल्याउन लागेको क्यामेरासहितको एयरपड्स स्मार्ट ग्लासभन्दा कसरी आकर्षक हुनेछ भनेर केही खुलाइएको छैन् । तर एप्पलले एयपड्समा क्यामेरा राखेर भिजुअल इन्टेलिजेन्स राखेर परीक्षण गर्न खोजिरहेको देखिन्छ ।