माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा चित्त नबुझेमा रिटोटलिङ (पुनर्योग) अनलाइनबाटै गर्न सकिने भएको छ ।
प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको हो ।
२०८० सालको नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन अनलाइनबाटै निवेदन दिन सक्ने छन् । 
निवेदन, आगामी असार ३१ गते सम्म दिने सकिने छ । 
अनलाइन निवेदन दिने तरिका
- सुरूमा exam.neb.gov.np/see मा गई student payment मा जाने वा www.see.gov.np मा गई apply for retotal for see 2080 मा क्लिक गर्ने
 - सिम्नोल नम्बर र जन्म मिति राखेर सर्च गर्ने (symbol no पछिको अल्फावेट नराख्ने)
 - कुन विषयमा रिटोटल गर्ने हो सो विषयको अगाडि टिक ✔ चिन्ह लगाउने
 - pay using esewa वा khalit बाट भुक्तानी गर्ने
 - कन्फर्मेसन म्यासेज आउँछ
 - नतिजाका लागि वेबसाइटमा मा हर्ने ।
 
                  
                  
              
                                      आईसीटी समाचार