कीवर्डहरू -

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमा सम्पर्क गरी आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि विश्वास दिलाई ठगी गरेको आरोपमा दाङका २१ वर्षीय विरबल घर्ती मगर पक्राउ परेका हुन् ।  

कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

मगरलाई जेठ १८ गते काठमाण्डौंको बानेश्वरबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको छ ।