कीवर्डहरू -

असुसको पहिलो एआई ल्यापटप नेपालमा पनि सार्वजनिक, कति छ मूल्य ?

असुसको पहिलो एआई ल्यापटप नेपालमा पनि सार्वजनिक, कति छ मूल्य ?

असुसको पहिलो एआई ल्यापटप नेपालमा पनि सार्वजनिक भएको छ । नेपालका लागि असुसको आधिकारिक वितरक नागमनी इन्टरनेशनलले असुसको पहिलो एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । 

नागमनी इन्टरनेशनलका निर्देशक अमित सराफले नेपालमा पहिलो पटक एआई ल्यापटप सार्वजनिक गरेको बताए । असुसको एआई ल्यापटप तीनवटा प्रोसेसरमा उपलब्ध हुनेछ । पहिलो चरणमा क्वालकम र इन्टेलको प्रोसेसर प्रयोग भएको ल्यापटप नेपालमा सार्वजनिक भइसकेको छ भने त्यसपछि एएमडी प्रोसेसर प्रयोग भएको ल्यापटप समेत सार्वजनिक हुनेछ । 

असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको बताइएको छ । 

यसमा क्वालकमको ओरेन सीपीयु र हेक्जागन एनपीयु (नेयुरल प्रोसेसिङ युनिट) पनि रहेको छ । एआई सुविधायुक्तले सीपीयु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकैपटक धेरै काम गर्न सकिने छ । 

विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीबी र्‍याम र एक टिभी एसएसडी स्टोरेज रहेको छ । ल्यापटपको र्यामलाई आवश्यकता अनुसार ३२ जीबीसम्म बढाउने सकिने छ । 

भिभोबुक एस १५ कोपाइलटका लागि डेडिकेटेड की समेत रहेको छ, जसबाट सजिलै कोपाइलटका एआई सुविधामा पहुँच राख्न सकिने कम्पनीले जनाएको छ । लामो लेखलाई समाराजइ गर्ने, उत्कृष्ट लेखनका लागि सुझाव दिने, रिकल, कोक्रियटर, लाइभ क्याप्सन जस्ता एआई सुविधा रहेका छन् । 

रिकल एआईको माध्यमबाट पुरानो फाइलहरूलाई टाइमलाइन राखेर सजिलै खोज्न सकिने छ । साथै यसमा मल्टिमिडियालाई व्यवस्थित गर्ने स्टोरी क्युब, एआई सुरक्षा तथा गोपनीयता, एआई न्वाइन क्यान्सिलेसन, एआई सेन्स क्यामेरा, ओलेड स्क्रिन पर्सनलाइज्ड जस्ता असुसका एआई सुविधा पनि रहेका छन् । 

ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याकअप दिनेछ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, वाईफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेका छन् । 

असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रूपैयाँ तोकिएको छ । ल्यापटमा २ वर्षको वारेन्टी पाइने छ । साथै कम्पनीले पर्फेक्ट वारेन्टीको रूपमा एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत सुरू गरेको छ । पर्फेक्ट वारेन्टीमार्फत ल्यापटको कुनै फिजिकल ड्यामेज भयो भने पहिलो वर्ष मर्मत गर्न लाग्ने शुल्कको ८० प्रतिशत कम्पनीले व्यहोर्ने छ । तर त्यसका लागि ल्यापटप किनिसकेपछि दर्ता गराउनु पर्नेछ । 

यस बाहेक इन्टेलको प्रोसेसरमा आधारित भिभोबुक एस १४ र १६ मोडेल नेपालमा उपलब्ध रहेको छ । क्वालकम र इन्टेल प्रोसेसर प्रयोग भएको ल्यापटपको मूल्यमा थोरै मात्रै भिन्नता हुने नागमनीले जनाएको छ ।