कीवर्डहरू -

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिटअप ७.० आयोजना गर्ने भएको छ । २ दिनसम्म चल्ने आईसीटी मिटअपमा सेमिनार, वर्कशप, प्रतियोगिता, प्रोजेक्ट प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । 

आईसीटी अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न र ज्ञान आदान प्रदान तथा नयाँ नयाँ सीप विकास गर्न प्राइम आईटी क्लबले हरेक वर्ष आईसीटी मिटअप आयोजना गर्दै आएको छ । 
पुस २३ गते बिहान ९ बजेबाट सुरू हुने आईसीटी मिटअपको थिम ‘एआई इन्नोभेसनः स्कल्पटिङ अ स्मार्ट टुमोरा’ रहेको छ ।  

आईसीटी मिटअप अन्तर्गत कम्प्युटर भिजन, नेचुरल ल्याङ्वेज प्रोसेसिङ, प्रम्प्ट इन्जिनियरिङ र डेटा साइन्सको विषयमा वर्कशपमा सञ्चालन हुनेछन् । पुस २३ गते प्रम्प्ट इन्जिनियरिङ र कम्प्युटर भिजन सम्बन्धि वर्कशप हुनेछ भने नेचुरल ल्याङ्वेज प्रोसेसिङ, र डेटा साइन्सको पुस २४ गते सञ्चालन हुनेछ । 

यसैगरी रिसर्च पेपर रिडिङ, एआई इन फाइनान्स र स्कोप अफ गेम डेभलपमेन्ट इन नेपाल विषयमा सेसन समेत हुनेछ । रिसर्च पेपर सम्बन्धि सेसन पुस २३ गते हुनेछ । यस बाहेक आईडियाथन, प्रोजेक्ट डेमो, भ्यालोरेन्ट, ग्राफिक डिजाइन र फोटोग्राफीमा प्रतियोगिता समेत आयोजना हुनेछ ।

null

मिटअपमा फुड स्टल, गेम स्टल र आईसीटी नाइट जस्ता गतिविधि समेत हुनेछन् । आईसीटी मिटअपका ग्राफिक डिजाइनिङ प्रतियोगितामा सहभागी हुन १५० रूपैयाँ दर्ता शुल्क लाग्ने छ । यसको पुरस्कारमा १५ सय क्यास र १५ हजार बराबरको गिफ्ट सुविधा रहेको छ ।

आईडियाथनको लागि २ हजार दर्ता शुल्क तोकिएको छ । यसमा १५ हजार नगद, प्रोग्रामिजको वार्षिक प्याकेज, ३ हजार बराबरको गिफ्ट र २ हजार बराबरको ल्यापटप स्ट्याण्ड प्राइज पुल रहेको छ । 

यस्तै ई-स्पोर्ट्स गेम भ्यालोरेन्टको दर्ता शुल्क १५०० रूपैयाँ रहेको छ । यसको प्राइज पुल ३२ हजार रूपैयाँ रहेको छ, जसमा १५ हजार क्यास प्राइज र १७ हजार बराबरको गिफ्ट ह्याम्पर रहेको छ । 

यस्तै प्रोजेक्ट डेमोन्सट्रेसनको प्राइज पुल १५ हजार बराबरको गिफ्ट र वेब होस्टिङ रहेको छ । यस बाहेक फोटोग्राफी प्रतियोगितमा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

यदी तपाई पनि आईसीटी मिटअपका वर्कशप, सेमिनार, प्यानल डिस्कसन आईडियाथन, प्रोजेक्ट डेमो, भ्यालोरेन्ट प्रतियोगिता तथा अन्य प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । 

यस वर्ष आईसीटी मिटअपलाई ब्याकसिट गेमिङ, दूरशिक्षा, अथर, चुकुल, हाम्रो पात्रो, गल्ली म्याप्स, प्रोग्रामिज, एयुजी ट्रेडर्स, कोको अफायर, कोहना, स्मार्ट चेली, कोड फर चेन्ज, फ्युज मसिन लगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।