कीवर्डहरू -

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनवाईईएफले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा ‘नेशनल बिजनेस आईडिया कम्पिटिसन’ आयोजना गर्ने लागेको हो । 

उद्यमी बन्न चाहनेहरूले व्यक्तिगत वा सामुहिक रूपमा आफ्नो बिजनेस आईडिया प्रतियोगिताको लागि दर्ता गर्न सक्ने छन् । एउटा आईडियालाई बिजनेसको रूपमा अगाडि बढाउन र प्लेटफर्म प्रदान गर्न आईडिया प्रतियोगिता गर्न लागेको एनवाईईएफले जनाएको छ । 

यदी तपाईसँग पनि कुनै बिजनेस आईडिया छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ । आवेदन दिने समय फेब्रुअरी ५ सम्म मात्रै रहेको छ । 

बिजनेस प्रतियोगिता आईडियामा सहभागी भएर ५० हजारसम्मको सीड फन्डिङ समेत पाउने सकिने अवसर समेत रहेको छ । यस बाहेक मेन्टरशीप, नेटवर्क र लगानीको अवसर पनि पाइने बताइएको छ । 

प्रतियोगिताका लागि आफ्नो आईडिया पठाइसकेपछि सुरूमा विज्ञहरूले रचनात्मकता, सम्भाव्यता र प्रभावको आधारमा आईडिया शर्टलिष्ट गरिने छ । शर्टलिष्ट भएका आईडियाहरूको सम्बन्धित उद्योगको विज्ञबाट मेन्टरशिप र प्रतिक्रिया पाउने छन् । त्यसपछि शर्टलिष्ट आईडियाहरूको अन्तिम प्रस्तुती हुनेछ । 

फेब्रुअरी १४ मा हुने अन्तिम प्रस्तुतीलाई निर्णायहरूले मूल्यांकन गर्नेछन्, जसका आधारमा विजेता घोषणा गरिने छ । यस कार्यक्रममा सहभागीले प्रमाणपत्र समेत पाउने छन् । बिजनेस आईडिया प्रतियोगिता पश्चात पनि एनवाईईएफ र अन्तर्राष्ट्रिय श्रम संगठनबाट सहभागीहरूलाई आफ्नो उद्यमशीलको यात्रा अगाडि बढाउन सहयोग प्राप्त हुनेछ ।