कीवर्डहरू -

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट टिभी जस्ता उपकरणहरू र अन्य डिभाइसहरूमा वायरलेस कनेक्टिभिटी प्रदान गर्छ । ब्लूटूथको नयाँ भर्सन ब्लूटूथ ६.० रिलिज भएको छ, जसले ब्लूटूथ ५.४ लाई रिप्लेस गर्नेछ । ब्लूटूथको नयाँ भर्सनका फिचरहरूले वायरलेस कनेक्टिभिटीको मामिलामा गेम चेन्जरको भूमिका खेल्नेछ । 

ब्लूटूथ ६.० को साथमा एसआई जीले नयाँ फिचरहरू थप्नुका साथै, यसमा लामो समयदेखि भइरहेका केही समस्याहरूलाई पनि समाधान गर्ने प्रयास गरेको छ । यहाँ हामी तपाईंलाई ब्लूटूथ ६.० मा उपलब्ध हुने नयाँ फिचरहरूको बारेमा जानकारी दिँदैछौं । 

ब्लूटूथ ६.० मा एक नयाँ फिचर थपिएको छ, जसलाई ’च्यानल साउन्डिङ’ भनिन्छ । यसको मद्दतले स्मार्टफोन वा अन्य ग्याजेटहरूले वायरलेस कनेक्टिभिटीका लागि लो–पावर नेटवर्कलाई अझ प्रभावकारी बनाउँछ । 
अब ब्लूटूथ ६.० भएका डिभाइसहरूले अरू ब्लूटूथ ६.० भएका डिभाइसहरूको लोकेसन, दिशा, र दूरीलाई पहिलेभन्दा बढी सटीकताका साथ पहिचान गर्न सक्छ ।

यसले प्रयोगकर्ताको सुरक्षा जोखिमलाई पनि न्यूनतम बनाउँछ । यसले कम्पनीलाई नयाँ पुस्ताका ट्र्याकिङ डिभाइसहरू जस्तै एयरट्याग जस्ता उत्पादनहरू ल्याउन मद्दत पु¥याउँछ । यी डिभाइसहरूलाई फोन वा लिंक गरिएका अन्य उपकरणहरूबाट सजिलै ट्र्याक र पहिचान गर्न सकिन्छ । साथै, यसले घरको अटोमेसन सोल्युसनलाई पनि सुधार गर्नेछ । 

ब्लूटूथ ६.० को एड्भर्टाइजिङ फिचरको कुरा गर्दा यो सामान्य विज्ञापनबाट भिन्न छ  । यहाँ एड्भर्टाइजिङको मतलब एक ब्लूटूथ डिभाइसले अर्को ब्लूटूथ डिभाइसलाई कसरी पहिचान गर्छ र त्यससँग कसरी इन्टरेक्ट गर्छ भन्ने हो । डिसिजन बेस्ड एड्भर्टाइजिङले यो सुनिश्चित गर्छ कि यसले स्वचालित रूपमा सेकेन्डरी डिभाइसलाई स्क्यान गर्छ, जसबाट प्राइमरी डिभाइसलाई सामग्री मिल्छ । यसले पावर खपत कम गर्नका साथै राम्रो कनेक्टिभिटी प्रदान गर्छ । ब्लूटूथ ६.० ले डुप्लिकेट डेटा पनि फिल्टर र मोनिटर गर्न सक्छ । 

ब्लूटूथ ६.० ले ठूलो डेटा साना लिंक लेयरका प्याकेटहरूमा ट्रान्सफर गर्न सक्छ । यसलाई आइसोक्रोनस एडाप्सन लेयर(आइएसओएएल) इनह्यान्समेन्ट भनिन्छ, जुन अडियो उत्पादनहरूमा लो लेटेन्सीको काममा आउँछ । साथै, ब्लूटूथ ६.० मा फ्रेम स्पेस अपडेट पनि दिइएको छ, जसको मद्दतले इयरबड्स, फिटनेस ट्र्याकरहरूको कनेक्टिभिटीलाई अझ राम्रो बनाउँछ । 

स्मार्टफोनमा कहिले सम्म उपलब्ध हुनेछ ब्लूटूथ ६.० ?

क्वालकॉमको नयाँ स्नापड्रागन एट इलाईट प्रोसेसरको साथमा आउने स्मार्टफोनहरूमा ब्लूटूथ ६.० उपलब्ध हुने अपेक्षा गरिएको छ । तर हालै रिलिज भएका वानप्ल्स १३ र आईक्यू १३ मा ब्लूटूथ ५.४ सम्मको भर्सन उपलब्ध छ ।

यस्तो अवस्थामा, आगामी स्मार्टफोनहरूमा ब्लूटूथ ६.० को कनेक्टिभिटी आउने आशा गरिएको छ । एप्पलको लेटेस्ट आईफोन १६ सिरिजमा ब्लूटूथ ५.३ को सपोर्ट छ, सम्भवत आईफोन १७ सिरिजमा ब्लूटूथ ६.० उपलब्ध हुनेछ ।