कीवर्डहरू -

मानव मस्तिष्कसहितको एआई रोबोट निर्माण, मानिसले जस्तै सोच्न सक्ने

मानव मस्तिष्कसहितको एआई रोबोट निर्माण, मानिसले जस्तै सोच्न सक्ने

एआई रोबोटलाई लिएर पहिलेदेखि नै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । यसैबीच फेरि एआई रोबोटको क्षेत्रमा नयाँ आविष्कार भएको  छ ।

हालै चीनले एउटा यस्तो रोबोट सार्वजनिक गरेको छ, जुन मानिसहरूको लागि अत्यन्तै खतरनाक साबित हुन सक्छ । चीनको तियानजिन विश्वविद्यालयका शोधकर्ताहरूले विश्वमै पहिलो पटक मानव मस्तिष्कसहितको रोबोट निर्माण गरेका हुन् । 

यस रोबोटमा मानिसको दिमाग प्रयोग गरिएको छ र मानिसजस्तै सोच्न सक्छ । पहिलो नजरमा यो अवधारणा सीधा रूपमा कुनै साइन्स फिक्शन फिल्मको जस्तो देखिन सक्छ, तर शोधकर्ताहरूका अनुसार, मानव मस्तिष्क कोशिकाहरू भएको यो ह्युम्यानोइड हाइब्रिड मानव–रोबोट एकदमै स्मार्ट रहेको छ ।

न्यू एटलसका अनुसार, यस नयाँ रोबोटलाई ब्रेन अन चिपको रूपमा परिभाषित गरिएको छ, जसमा स्टेम कोशिकाहरूको प्रयोग गरिएको छ । 

यी कोशिकाहरूलाई एक इलेक्ट्रोडको माध्यमबाट एक कम्प्युटर चिपसँग इंटिग्रेट गरिएको छ, जसले रोबोटलाई सूचनाहरू प्रोसेस गर्ने र विभिन्न कार्यहरू गर्ने क्षमता दिइएको छ ।

यस सेटअपले रोबोटलाई जानकारी इनकोड र डीकोड गर्न अनुमति दिनेछ । यसबाट बाधाहरूको वरिपरि नेभिगेट गर्नेदेखि वस्तुहरू समात्नेसम्मका गतिविधिहरू रोबोटले पूरा गर्न सक्ने छ ।

यो रोबोट मानिसहरूका लागि समस्या बन्न सक्ने र काममा समस्या सिर्जना गर्न सक्ने बताइएको छ । यसले मानिसहरूको कामलाई प्रभावित गर्न सक्ने छ । गलत जानकारी प्राप्त गर्ने स्थितिमा यो रोबोट गलत क्रियाकलापहरू गर्न सक्छ र गलत निर्णयहरू पनि लिन सक्ने न्यू एटलसले जनाएको छ ।