सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरेको छ । मन्त्रालयले आवेदन दिन योग्यता पुगेका सबैमा दरखास्त दिने आग्रह गरेको हो ।
यसअघि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उक्त पद रिक्त रहेको थियो । अब भने सरकारी कार्यकारी निर्देशक नियुक्त प्रक्रियालाई अगाडि बढाएको हो ।
कम्तिमा ३० वर्ष उमेर पूरा भएका मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।
यस बाहेक व्यवस्थापकिय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको, फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको हुनुपर्नेछ ।
त्यस्तै कम्तिमा ३००० देखि बढीमा ५००० शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना (कम्प्यूटर टाइप गरिएको पहिलो पृष्ठ (Cover Page) को सबैभन्दा माथि आफ्नो नाम लेखिएको, अन्य पृष्ठको पश्च भागमा आवेदकले दस्तखत गरेको, अन्य अग्र पृष्ठमा कहिकतै पनि नाम वा आफूलाई चिनाउने कुनै संकेत नभएको साथै दरखास्तसाथ व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत छुट्टै खाममा सिलबन्दी गरी दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा बुझाउन सकिने र उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतिकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि सिफारिस गरिने सूचनामा जनाइएको छ ।
यस्तो छ सूचना
आईसीटी समाचार