कीवर्डहरू -

राइड शेयरिङ प्लेटफर्म जाऔंबाट पहिलो पटक यात्रा गर्नेलाई शतप्रतिशत क्यासब्याक

राइड शेयरिङ प्लेटफर्म जाऔंबाट पहिलो पटक यात्रा गर्नेलाई शतप्रतिशत क्यासब्याक

डेढ वर्ष अघि सञ्चालनमा आएको राइड शेयरिङ प्लेटफर्म ‘जाऔँ’ ले शतप्रतिशत क्यासब्याक अफर ल्याएको छ । 

नयाँ वर्ष २०८१ को अवसरमा पारेर पहिलो पटक जाऔँ सेवा प्रयोग गर्ने प्रयोगकर्ताले शतप्रतिशत क्यासब्याक पाउने छन् ।

यात्रु गन्तव्यमा पुगेपछि वालेटमा तत्कालै शतप्रतिशत क्यास ब्याक जाने जाऔंका सीईओ दुर्गेश चौधरीले बताए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँको एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा कम्पनीको सेवा उपलबव्ध रहेको छ । 

राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।