कीवर्डहरू -

सीजी नेटको वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा

सीजी नेटको वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा

इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ । 

वाईफाई सिक्सले विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिरहेको सीजी नेटले हाललाई यो प्रविधि काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा विस्तार भएका स्थानहरूमा उपलब्ध गराएको छ । 

आफ्ना विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यही साउन ११ गतेसम्मको लागि निःशुल्क वाईफाई सिक्स प्रविधि उपलब्ध हुनेछ ।

बाँकी ग्राहकहरूको लागि ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४४९ र ६६७ एमबीपीएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ । आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।