च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले एक्समा पोष्ट गर्दै एक घण्टामा १ मिलियन (१० लाख) नयाँ प्रयोग गर्न थप्न सफल भएको जानकारी दिएका हुन् ।
the chatgpt launch 26 months ago was one of the craziest viral moments i'd ever seen, and we added one million users in five days.
— Sam Altman (@sama) March 31, 2025
we added one million users in the last hour.
घिब्ली इमेज जेनेरेसन गर्ने सुविधा थप भएसँगै च्याटजीपीटीले नयाँ माइलस्टोन हासिल गरेको हो । कम्पनीले गत हप्ता च्याटजीपीटीमा घिब्ली इमेज जेनेरेसन गर्ने सुविधा रोल आउट गर्ने घोषणा गर्दा, यो सबै प्रयोगकर्ता तहका लागि उपलब्ध हुने भनिएको थियो ।
तर, अत्यधिक प्रयोगका कारण निःशुल्क प्रयोगकर्ताहरूको पहुँच घटाइएको छ । ओपन एआईको जीपीटी मोडल ४o मा घिब्ली इमेल जेनेरेसन गर्ने सुविधा छ । यसले प्रयोगकर्ताहरूलाई स्टुडियो घिब्ली आईकनिक एनिमेटेड स्टाइलबाट प्रेरित भएर इमेज जेरेरेट गर्ने सुविधा दिन्छ ।