कीवर्डहरू -

ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने

ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने

मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा गोपनीयतका धेरै फिचरहरू आएका छन् । 

अब कम्पनीले अर्को गोपनीयता सुविधामा काम गरिरहेको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले एउटा फिचरमा काम गरिरहेको छ जस पछि प्राथमिक डिभाइसमा मात्र नभई लिङ्क गरिएको डिभाइसमा पनि ह्वाट्सएप च्याटहरू लक गर्न सकिनेछ, अर्थात्, लिङ्क गरिएको डिभाइसको च्याट हेर्नको लागि च्याट लक कोड प्रदान गर्नुपर्नेछ ।

यो गोपनीयता सुविधा ह्वाट्सएपमा पहिले नै प्राथमिक डिभाइसका लागि उपलब्ध रहेको थियो तर अब भने यो सबै लिङ्क गरिएका डिभाइसमा पनि उपलब्ध गराइनेछ । नयाँ फिचर हाल बेटा संस्करणमा परीक्षण भइरहेको छ । यसको अपडेट केहि दिनमा जारी हुन सक्ने छ ।