कीवर्डहरू -

ह्वाट्सएपमा तीन ओटा च्याट पीन गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपमा तीन ओटा च्याट पीन गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपमा ३ वटा च्याट पिन गर्ने सुविधा ल्याइने भएको छ । वाबेटाइन्फोद्वारा पछिल्लो रिपोर्ट ह्वाट्सएपमा च्याट पिन गर्ने सुविधा आउँदै छ । 

यस रिपोर्टका अनुसार ह्वाट्सएपले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि यो सुविधा ल्याउन लागेको छ । यो नयाँ परिवर्तन गुगल प्ले बेटा प्रोग्रामको साथ ह्वाट्सएप २.२४.६.१३ संस्करण अपडेटको साथ ल्याइएको छ ।

यो नयाँ परिवर्तनको बारेमा रिपोर्टमा स्क्रिनसट पनि सेयर गरिएको छ । यो स्क्रिनसटले तीन भन्दा बढी च्याटहरूको पिनिङ देखाउँछ ।

ह्वाट्सएप प्रयोगकर्ताहरूलाई उपयोगी च्याटहरू फेला पार्न कुनै समस्या नपर्ने कुरा सुनिश्चित गर्न पिन सुविधा उपलब्ध छ । पिन गर्दा महत्त्वपूर्ण च्याटहरू सधैं शीर्षमा देखा पर्दछ ।

तर, अहिले ह्वाट्सएप प्रयोगकर्ताले आवश्यकता अनुसार ३ वटा च्याटलाई मात्र प्राथमिकता दिई शीर्षमा राख्न सक्नेछन् ।

रिपोर्टका अनुसार, चाँडै नै प्रयोगकर्ताहरूले ह्वाट्सएपमा च्याट पिन गर्ने विकल्प पाउन सक्छन् ।  कम्पनीको यो सुविधा अहिले विकास चरणमा छ ।