कीवर्डहरू -

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउन प्रयास गर्ने ६ वटा पेजविरूद्ध गौशाला २६ ले उजुरी दिएकी हुन् ।  

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि उनीबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउन खोज्ने विरूद्ध ब्यूरोमा जाहेरी परेको छ । 

गोशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटरसम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर भएको जिकिरसहित उजुरी दिएकी छन् । 

उजुरी प्राप्त भएपछि साइबर ब्यूरोले पीडीत गौशाला २६ को वास्तविक नाम तथा तस्वीर सामाजिक सञ्जालमा राख्नेविरूद्ध अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जाल एक्समा फोटो राख्ने रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई  पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।