कीवर्डहरू -

आव २०८१/८२ बजेटः आईटी कम्पनीलाई आयकर छुट, स्टार्टअपलाई सहुलियत कर्जा

आव २०८१/८२ बजेटः आईटी कम्पनीलाई आयकर छुट, स्टार्टअपलाई सहुलियत कर्जा

आज आर्थिक वर्ष २०८१-८२ को बजेट आउँदैछ । दोस्रो पटक अर्थमन्त्री भएका वर्षमान पुनले पहिलो पटक बजेट ल्याउँदै छन् । 

मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकले अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दै छन् । यस पटकको बजेटमा १९ खर्ब हाराहारीमा आउने अनुमान गरिएको छ । 

आर्थिक वर्ष २०८१-८२ को बजेटमा सूचना प्रविधि र स्टार्टअपलाई विशेष प्राथमिकता दिइदै छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ । 

यस्तै आईटी कम्पनी र स्टार्टअपलाई १० वर्षसम्म आयकरमा छुट दिने समेत घोषणा हुँदैछ । बजेटमा कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराइने घोषणा गर्ने पनि सरकारको तयारी छ।

साथै सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी कम्तीमा ५ हजार रोजगारी सिर्जनाको कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ ।