कीवर्डहरू -

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेलसहित ६ जनाविरुद्ध अख्तितारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नविन पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरिबल्लभ घिमिरे, म्याक्स इन्टरनेशनलका अकबर हुसेन र म्याक्स इन्टरनेशनलका  विरूद्ध मुद्दा चलाइएको छ ।

सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले बोलपत्र नं. SPC/G/NCB-01/077-78 को सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अख्तियारको भनाइ छ ।

उनीहरूमाथि ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।