कीवर्डहरू -

सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाल पक्राउ

सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाल पक्राउ

साइबर ब्यूरोले सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाललाई पक्राउ गरेको छ । 

नेपाली सेनाले कारबाहीको माग गर्दै दिएको पत्रको आधारमा प्राविधिक विश्लेषण र अनसन्धान गर्दै जाँदा ब्यूरोले कात्तिक १३ गते नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने झापाका खनाललाई पक्राउ गरेको हो । 

सामाजिक सञ्जालमार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने सामाग्री प्रकाशन तथा प्रदर्शन गरेकोले प्रचलित कानुन बमोजिम कारबाहीको लागि नेपाली सेनाले ब्यूरोमा पत्र दिएको थियो ।

पक्राउ परेका खनाललाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशले दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।