नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै डिशहोमले एनपीएल एक्स्ट्राज अफर सार्वजनिक गरेको छ ।
कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।
एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पाएको डिशहोमले यही अवसरमा नयाँ तथा पुराना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको छ । अफर अन्तर्गत
पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिशहोमले जनाएको छ ।।
नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।