काठमाडौं । हाल विद्युतीय सामाग्री प्रति विश्वास बढ्दै गएको समयमा इन्डक्सन कुकटपको मागमा धेरै वृद्धि देखिएको छ । तर इन्डक्सन प्रयोगसँगै धेरैको मनमा यो डर पनि रहने गरेको छ कि इन्डक्सन चुलोको नजिक मोबाइल राख्दा फोन बिग्रिन सक्छ । तर के यो साँच्चै हो ? एक्सपर्ट्सका अनुसार, नियमित प्रयोगमा इन्डक्सनको छेउमा फोन राख्दा मोबाइललाई कुनै क्षति हुँदैन ।
इन्डक्सन कुकटप इलेक्ट्रोम्याग्नेटिक फिल्ड अर्थात् ईएमएफको माध्यमबाट काम गर्छ, जुन केवल भाँडा तताउनका लागि हुन्छ । यो फिल्ड निकै सीमित दायरामा मात्र सक्रिय रहन्छ र नजिक राखिएका स्मार्टफोन जस्ता इलेक्ट्रोनिक डिभाइसहरूमा यसको खास असर पर्दैन । अर्थात्, अनावश्यक टेन्सन लिनु आवश्यक छैन ।
फोन किन बिग्रिँदैन ?
इन्डक्सनको म्याग्नेटिक फिल्ड धेरै कम दूरीसम्म मात्र प्रभाव पार्छ र यो फिल्ड खासगरी मेटलका भाँडाहरूलाई मात्र टार्गेट गर्छ । यस्तो अवस्थामा स्मार्टफोनका सर्किटहरू यस्ता हल्का फिल्डबाट प्रभावित हुँदैनन् । तर यदि तपाईंले अचानक फोनलाई इन्डक्सन कुकटपको माथि राख्नुभयो भने फोनलाई क्षति हुन सक्छ ।
सामान्यतया यसबाट कुनै खतरा हुँदैन, तर केही अवस्थामा सावधानी आवश्यक हुन्छ । फोनलाई सिधै तातो कुकटपमा नराख्नुहोस् । यसले फोन ओभरहिटिङ हुन सक्छ । साथै, लामो समयसम्म फोनलाई इन्डक्सनको धेरै नजिक राख्दा हल्का असर पर्न सक्छ ।
एक्सपर्ट्स के भन्छन् ?
इन्डक्सन कुकर र सिरेमिक कुकर बनाउने कम्पनी स्टेलाले पनि फोनलाई सुरक्षित राख्नका लागि इन्डक्सनबाट अलि टाढा राख्नु राम्रो हुने बताएको छ । विशेष गरी पकाउने बेला फोनलाई कुकटपमा नराख्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले आफ्ना इम्पोर्टेन्ट सेफ्टी टिप्समा यो जानकारी दिएको छ ।
सरल शब्दमा भन्नुपर्दा, इन्डक्सनको नजिक फोन राख्दा मोबाइल बिग्रिँदैन, तर थोरै सावधानी अपनाउनु सधैं राम्रो हुन्छ ।
आईसीटी समाचार