कीवर्डहरू -

तपाईले आफ्नो ड्राइभिङ लाइसेन्स नागरिक एपमा लिंक गर्नु भएको छैन् ? यस्तो छ गर्ने तरिका

तपाईले आफ्नो ड्राइभिङ लाइसेन्स नागरिक एपमा लिंक गर्नु भएको छैन् ? यस्तो छ गर्ने तरिका

ट्राफिक नियम उल्लघंन गरेको अवस्था बाहेक अन्य समयमा सवारी चेकजाँच हुँदा नागरिक एपमा देखाएको लाइसेन्सले काम गर्ने व्यवस्था सरकारले गरेको छ । 

सोमबारदेखि नै सवारीसाधन चेकजाँचको क्रममा नागरिक एपमा देखाएको लाइसेन्सले मान्यता पाउने व्यवस्था देशैभर लागु भइसकेको छ । 

योसँगै चेकजाँचको समयमा नागरिक एपमा लिंक गरेको ड्राइभिङ लाइसेन्स देखाए पुग्ने छ । तपाईले नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिंक गर्नुभयो ? यदी गर्नुभएको छैन भने आज हामी तपाईलाई जानकारी दिदैछौं । 

कसरी गर्ने आफ्नो लाइसेन्स लिंक ? 

सबैभन्दा पहिले नागरिक एपमा आफ्नो अकाउन्ट बनाउनु पर्ने हुन्छ । यदी तपाईले पहिले नै बनाउनु भएको छ राम्रो । तर बनाउनु भएको छैन् भने सुरूमा नागरिक एपको मोबाइल एप डाउनलोड गर्नुहोस् । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

एप डाउनलोड गरेपछि भाषा छनौट गर्नुहोस् । भाषा छनौट गरेपछि अगाडि बढ्नुहोस् र आफ्नो नम्बर राख्नुहोस् । याद राख्नुहोस् अरुको मोबाइल नम्बरबाट यो एपमा अकाउन्ट बनाउन सकिदैन् । त्यसकारण आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र अगाडि बढ्नुहोस् । त्यसमा ओटीपी कोड आउछ, उक्त कोड राख्नुहोस् ।

अनि आफ्नो नाम र जन्ममिति राखि परिचयपत्र (नागरिकता, पासपोर्ट र मतदाता) छनौट गर्नुहोस् । अब अगाडि बढ्नुहोस् र छनौट गरेको परिचयपत्रको विवरण राख्नुहोस् । यति गरेपछि नागरिक एपमा तपाईको दर्ता प्रक्रिया पुरा हुन्छ । अब एपमा पीन कोड राखेर एपमा उपलब्ध सेवा प्रयोग गर्न सकिन्छ ।

यहाँसम्म आएपछि तपाईले एपमा ड्राइभिङ लाइसेन्स वा सवारी चालक अनुमतिपत्र भन्ने विकल्प देख्नुहुनेछ । सुरूमा त्यसमा क्लिक गर्नुहोस् । क्लिक गरेपछि आफ्नो लाइसेन्सको नम्बर राख्नुहोस् । अनि तपाईको राखेको नम्बर म्याच भएमा लाइसेन्स नागरिक एपमा लिंक हुनेछ । नागरिक एपको सेवा वेबसाइटबाट समेत प्रयोग गर्न सकिन्छ ।