कीवर्डहरू -

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको हो । 

यस अन्तर्गत कुनै पनि ग्राहकहरुले एफडी मोटर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सक्नेछन् ।

एफडी मोटर्सले हाल दुई ओटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ, जसमा एफ फाइभको मुल्य २ लाख ६१ हजार ९९९ रूपैयाँ र एफ फाइभ एको मुल्य २ लाख ९७ हजार ९९९ रूपैयाँ रहेको छ ।

छिटै ग्रन्थ ईभीले एफ फाइभ प्रो र एफ फाइभ ए प्रो ल्याउने जनाएको छ । एफडी मोटर्सका स्कुटरमा साइड मोटर ड्राइभ, ब्रेक रिजेनेरेसन, क्यान बस कम्युनिकेसन कन्ट्रोलर, लिथियम फेरो फस्फेट प्रविधि प्रयोग गरिएको छ ।