कीवर्डहरू -

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । 

नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ ।

एमएडब्लू  वृद्धि समूहका निर्देशक विवेक सिकरियाले नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा खुशी  व्यक्त गर्दै यसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने बताए । 

यस्तै एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको जानकारी दिए । 

माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ सहयोग, हिल होल्ड कन्ट्रोल (एचएचसी), दुईवटा ड्राइभिङ मोड, आर१६ ड्यूरेबल टायरहरू जस्ता सुविधाहरू छन् । 

१४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार, १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।