एआईको क्षेत्रमा उत्कृष्ट काम गरिरहेको कम्पनी फ्युजमेसिन्सले एआई फेलोशिप २०२५ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले एआई फेलोशिप प्रदान गर्दै आएको छ ।
फेलोशिपको पाठ्यक्रम अमेरिकी विश्वविद्यालयका प्रतिष्ठित प्राध्यापकहरू र एआई उद्योगका विज्ञहरूद्वारा डिजाइन छ । कार्यक्रमले उन्नत एआई र डेटा साइन्स विशेषज्ञताका साथै व्यावहारिक समस्या समाधानको अनुभव प्रदान गर्ने फ्युजमेसिन्सले जनाएको छ ।
फेलोशिपमा विशेष गरी आईटी विद्यार्थी, प्रोफेसनल प्रोग्रामिङ, गणित, कम्प्युटर साइन्स, तथा सफ्टवेयर विकासमा अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्ने छन् । आवेदकहरूले विभिन्न चरणीय छनोट प्रक्रिया पार गर्नु पर्नेछ, जसबाट योग्य उम्मेदवारहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।
फ्युजमेसिन्सका संस्थापक तथा सीईओ समीर मास्केले एआईमा काम गर्ने जनशक्ति तयार गर्न र नेपाललाई एआई उत्कृष्टताको नेतृत्वका लागि सक्षम पार्न फेलोशिप ल्याएको बताए ।
‘एआईको प्रभाव बढीरहेको अवस्थामा नवीनता तथा शिक्षालाईसँगै लैजानु पर्ने आवश्यकता देखिएको छ । ट्यालेन्ट विकास गर्ने हाम्रो अवधारणा प्राविधिक सीपमा सीमित नभएर एआईलाई उपयोग गरेर दक्षता वृद्धि गर्ने र विभिन्न उद्योगका चुनौती समाधान गर्ने मानसिकता विकास गर्ने हो,’ मास्केले अगाडि भने ।
सन् २०१७ देखि, फ्युजमेसिन्सको एआई फेलोशिप कार्यक्रमले १२ देशका १ हजार भन्दा बढी फेलोहरूलाई तालिम प्रदान गरिसकेको छ । फ्युजमेसिन्सका दक्षिण एशिया रणनीति प्रमुख तथा प्रबन्ध निर्देशक पराग श्रेष्ठ नेपाल अहिले एआईबाट सञ्चालित डिजिटल रूपान्तरणको संघारमा रहेको र प्रतिभा, पूर्वाधार, र समावेशितामा लगानी गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
‘हाम्रो एआई फेलोशिप कार्यक्रमले क्षमतावृद्धि तीव्र बनाउँदै, विश्वव्यापी प्रविधि उद्योगको माग पूरा गर्न योग्य व्यक्तिहरूलाई तयार गराउँछ,’ श्रेष्ठले भने, ‘जति-जति उद्यमहरूले स्मार्ट समाधानको लागि एआईलाई अपनाउँदै छन्, हामी एआई विशेषज्ञता प्रवर्द्धन गर्न प्रतिबद्ध छौं र नेपाल तथा बाहिर एआईको लाभलाई सबैका लागि पहुँचयोग्य बनाउन लागिपरेका छौं ।’
फेलोशिपमा सहभागीले जेनेरेटिभ एआई, मेसिन लर्निङ, डीप लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, प्रम्प्ट इन्जिनियरिङ, एमएल अप्स, गणितीय तथा प्रोग्रामिङको ज्ञान हासिल गर्नेछन् ।
फेलोशिप कार्यक्रमको अधिकांश पाठ्यक्रम अनलाइनबाटै पढाइ हुनेछ । यसमा सैद्धानिकसँगै प्रयोगात्मक सिकाइमा समेत जोड दिइएको छ । सहभागीहरूलाई विभिन्न एआई चुनौतीहरू समाधान गर्न उपयुक्त एल्गोरिदम, लाइब्रेरी, फ्रेमवर्क, र प्रविधिहरू प्रयोग गर्न सक्षम बनाइने छ ।
यदी तपाई पनि फ्युजमेसिन्सको एआई फेलोशिपमा २०२५ मा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नु हुनेछ ।