कीवर्डहरू -

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा ५ हजार रूपैयाँ थप गरी ग्राहकहरूले १५ हजार रूपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन् ।

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको सामसङले जनाएको छ ।  

कम्पनीका अनुसार ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्छन् ।  

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ । आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने ५ हजार रूपैयाँ पनि स्मार्टफोनसंग शुन्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समावेश हुने गर यो बन्डल खरिद गर्न सक्छन् ।

यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुनेछ ।