टेलिमेटिक्स टेकले दशैंको अवसरमा लामो दूरीका रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १ हजार लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान हुनेछ ।
टेलिमेटिक्स टेकका संस्थापक आतिस गैरेले लामो दूरीका १ हजार रात्री बसहरूमा जीपीएस निःशुल्क जडान गरिने बताए । ‘दशैंजस्तो चाडपर्वमा लाखौँ नेपालीहरू लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन् । त्यसकारण बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,’ गैरे भन्छन्, ‘हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्याउनेछ ।’
यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिने तथा यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास गरिएको उनको भनाइ छ ।
जियोमेटको जीपीएस प्रणालीबाट बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्न सकिन्छ, जसले बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ ।
यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ, जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउने कम्पनीको दावी छ ।
यस बाहेक बस सञ्चालकहरूले मोबाइल वा कम्प्युटरमार्फत सफ्टवेयरमा पहुँच राखेर जहाँबाट पनि आफ्ना बसहरूको अवस्थिति हेर्न सक्ने छन् ।
यो पनि पढ्नुहोस
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                  
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      