कीवर्डहरू -

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपालमा, मूल्य ५७ लाख

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपालमा, मूल्य ५७ लाख

अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । अर्क्स ग्रुपले ५७ लाख रुपैयाँ पर्ने १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री गर्ने भएको हो ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर ३ सय किलोमिटर गुड्ने यो यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ ।

गोल्डेन ड्र्यागनका भ्यानहरू हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको बताइएको छ । नेपालका लागि आधिकारिक बिक्रेता आक्र्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागन ले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ ।  गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केहि महिनाभित्र नेपाल आइपुग्ने बताइएको छ ।