कीवर्डहरू -

अनलाइनबाट दिइने सरकारी सेवाहरू तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने

अनलाइनबाट दिइने सरकारी सेवाहरू तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने

सरकारले अनलाइन प्रणालीबाट प्रदान गरिने सेवाहरूलाई तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी एउटै प्रकारका कागजात भिन्न-भिन्न निकायमा पटक पटक बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्ने भएको छ । 

असार ६ गते बसेको सचिव बैठकले सार्वजनिक निकायबाट प्रवाह हुने सेवालाई गुणस्तरीय नियमित र भरपर्दो बनाउन यस्तो निर्णय गरेको हो । 

उक्त बैठकले नागरिकले सेवा प्राप्तिका लागि अनुरोध गरेपछि उक्त सेवा प्राप्त हुने समय निश्चित गरी तोकिएकै समयभित्र सेवा उपलब्ध गराउने व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

प्रदान गरिने सेवालाई क्रमशः अनलाइन प्रणालीमा आधारित बनाइ सेवाको गुणस्तर बढाउने र सेवाको प्रकृति र संवेदनशीलताको आधारमा सेवाको वर्गीकरण गरी सेवा प्रवाहको लागत कम गर्न र गुणस्तर वृद्धि गर्न निजी क्षेत्रसँग समेत सहकार्य गर्न सकिने सम्भावनाको खोजी गर्ने समेत सचिव बैठकले निर्णय गरेको छ ।