एक्स एआईले विकास गरेको एआई मोडेल ग्रोक, छुट्टै मोबाइल एपमा उपलब्ध भएको छ । यसअघि एक्समा मात्रै उपलब्ध भएको ग्रोक एआई अब छुट्टै एपको रूपमा उपलब्ध भएको हो ।
अहिलेलाई यो एप एप स्टोरमा उपलब्ध भएको छ । सामाजिक मिडिया प्लेटफर्मको ट्याबको रूपमा रहेको संस्करण जस्तै ग्रोक एपबाट फोटो सिर्जना गर्न, टेस्ट समाराइज गर्न र प्रश्नहरूको उत्तर दिन प्रयोग गर्न सकिने छ ।
यो एप पहिलो पटक डिसेम्बर २०२४ मा सीमित प्रयोगकर्तासँग परीक्षण गरिएको थियो । त्यही समयमा एक्सले ग्रोकको निःशुल्क संस्करण ल्याएको थियो, जुन सबैका लागि उपलब्ध छ ।
त्यसअघि, ग्रोक प्रयोग गर्न एक्स प्रिमियमको लागि कम्तीमा ८ डलर प्रति महिना तिर्नुपर्ने बाध्यता थियो । दुई घण्टामा १० अनुरोध, प्रतिदिन तीनवटा फोटो विश्लेषण अनुरोधहरू सम्भवतः ग्रोक एपमा पनि लागु हुनेछ ।
एप साइन-इन नगरीकन पनि प्रयोग गर्न सकिन्छ । एप्पल, एक्स, गूगल वा साधारण इमेलबाट साइन-इन गर्न सकिन्छ । एक्स प्रिमियम सब्सक्रिप्सनले ग्रोक एपमा अतिरिक्त सुविधाहरू पाउँछन् कि पाउँदैनन् त्यो भने स्पष्ट छैन् ।
ग्रोकले अन्य एआई असिस्टेन्टहरू, जस्तै जेमिनी र च्याटजीपीटी जस्तै, सटीकता र फोटो सिर्जना समस्याहरूसँग संघर्ष गरिरहेको छ । ग्रोक एआई मोडेलको एउटा संस्करण ओपन सोर्समा पनि उपलब्ध रहेको छ ।