कीवर्डहरू -

सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्‍यो प्यानल छलफल

सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्‍यो प्यानल छलफल

हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।

कार्यक्रममा वक्ताको रूपमा अस्तित्व नेपालका व्रिन्दा भट्टचार्य, फेमिनिस्ट फ्युचर नेपालबाट अनुकृती कुँवर, एफएनसिसिआईबाट राज्य लक्ष्मी शाक्य र एनवाइईएफबाट सुदिप घिमिरेको सहभागीता थियो । 

एफएनसिसिआईकी राज्य लक्ष्मी शाक्यले नविन विचार बोकेका युवा विदेश पलायन भइरहेको बताउँदै रोजगारीको अवसर सिर्जना गर्न सके देशका युवाहरुको यस्तो भयावह स्थिति नहुनेमा जोड दिइन् । 

एनवाइईएफलाई प्रतिनिधित्व गर्दै सुदिप घिमिरेले समाजलाई उद्यमशील बनाउदै आएको जानुपर्ने बताएन् ।