कीवर्डहरू -

ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजेका छौः मेयर महर्जन

ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजेका छौः मेयर महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने चाहना रहेको बताएका छन् । 

बिहीबारदेखि भिरिञ्ची कलेजमा सुरू भएको आईसीटी मेलालाई उद्घाटन गर्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउने बताएका हुन् ।

‘ललितपुर महानगरपालिका स्मार्टनेसको मामिलामा पायोनियर सिटी हो । स्मार्टनेसका अवयबहरू जोड्दै गएका छौं,’ उनले भने, ‘महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजिरहेका छौं ।’

अन्य देशका शहरको स्मार्टनेसलाई ललितपुरमा महानगरमा प्रयोग गर्दै आएको समेत उनको भनाइ छ । पछिल्लो समय ललितपुर महानगरले आफुलाई स्मार्ट बनाउँदै लगेको छ । 

चार वर्ष अगाडि महानगरले नेपालको पहिलो पटक ६ स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियो । त्यसपछि दोस्रो चरणमा १४ सय स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । तेस्रो चरणमा ललितपुर महानगरमा पर्ने चक्रपथमा स्मार्ट स्ट्रिट लाइट राख्न लागेको महर्जनले जानकारी दिए ।