कीवर्डहरू -

फोनको एसएआर भ्याल्यु कति छ भनेर थाहापाउन यस्तो गर्नुहोस्

फोनको एसएआर भ्याल्यु कति छ भनेर थाहापाउन यस्तो गर्नुहोस्

हाम्रो फोनले हाम्रो अधिकांश समय र दैनिक गतिविधिहरूमा ठूलो भूमिका खेल्छ । हामी फोन काम गर्दा र अन्य समयमा स्ट्रिमिङ एपहरू चलाउन पनि प्रयोग गर्छौं ।

तर के तपाईले कहिल्यै सोच्नुभएको छ कि तपाई फोनको नजिक रहँदा तपाईको स्वास्थ्यमा कस्तो असर पर्छ? किनभने फोनबाट विकिरण निस्किने गर्दछ । के तपाइँले आफ्नो फोन को एसएआर भ्याल्यु जाँच गर्नुभएको छ ? छैन् भने आज हामी एसएआर भ्याल्यु के हो भन्ने बारे जानकारी दिन्छौँ । आउनुहोस् यसको बारेमा जानौं ।

एसएआर भ्याल्यु के हो ?

सबै डिभाइसहरुमा तपाईंको डिभाइस तपाईंको स्वास्थ्यका लागि राम्रो छ कि छैन भनेर जान्नका लागि मानक हुन्छ । एसएआर भ्याल्युलाई स्पेसिफिक एबजर्पसन रेट (Specific Absorption Rate) पनि भनिन्छ ।

यसले तपाइँलाई तपाइँको फोनबाट कति आरएफ वा रेडियो फ्रिक्वेन्सी एक्सपोजर तपाइँको शरीरले अवशोषित गर्न सक्छ भनेर बताउँछ ।

एसएआर भ्याल्युले तपाईंको फोनबाट उत्सर्जित रेडियो फ्रिक्वेन्सी मूल्याङ्कन गर्न मद्दत गर्छ । फोनको विकिरण स्तर जाँच गर्दा तपाईंले एसएआर भ्याल्यु प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंको शरीरमा अधिकतम सम्भावित आरएफ एक्सपोजरको बारेमा कुरा गर्दा यो मात्र सान्दर्भिक मानिन्छ । त्यसैले तपाई सतर्क रहनु पर्छ र तपाईको हालको मोबाइल उपकरणको एसएआर भ्याल्यु थाहा पाउनु एकदमै आवश्यक हुने गर्दछ ।

तपाई आफ्नो डिभाइसको एसएआर निर्धारित सीमा भित्र छ भनी सुनिश्चित गर्नुहोस् ।

फोनको एसएआर भ्याल्यु कसरी जाँच गर्ने?

कसरी आफ्नो एन्ड्रोइड र आईफोनमा मोबाइल विकिरण ( एसएआर भ्याल्यु ) जाँच गर्ने भनेर हेरौं ।

एन्ड्रोइडमा यूएसएसडी कोड टाइप गरेर एसएआर भ्याल्यु जाँच्न सकिन्छ । तपाईंको मोबाइलको लागि आरएफ एक्सपोजर जाँच गर्ने सबैभन्दा सजिलो तरिका तपाईंको डिभाइसको फोन एप प्रयोग गर्नु हो ।
आफ्नो एन्ड्रोइड डिभाइसमा फोन डायलर एप खोल्नुहोस् ।

यहाँ, एस्ट्रिक ह्यास ०७ ह्यास (*#07#) डायल गर्न किप्याड प्रयोग गर्नुहोस् । यसले तुरुन्तै नयाँ विन्डो खोल्नेछ ।

अब, यस पृष्ठमा तल स्क्रोल गर्नुहोस् र आफ्नो उपकरणको लागि फोन विकिरण स्तर जाँच गर्नुहोस् ।

आइफोनमा एसएसडी कोड टाइप गरेर एसएआर भ्याल्यु पत्ता लगाउनुहोस्

आफ्नो आइफोनमा, फोन एप खोल्नुहोस् । त्यसपछि, एस्ट्रिक ह्यास ०७ ह्यास (*#07#) डायल गर्नुहोस् र कल आइकन थिच्नुहोस् ।

यहाँ, आरएफ एक्सपोजरमा ट्याप गर्नुहोस् । एसएआर भ्याल्युको लागि यूएसएसडी कोड डायल गर्नुहोस् । तल स्क्रोल गर्नुहोस् र एसएआर भयाल्यु लिङ्कमा ट्याप गर्नुहोस् । अब एसएआर भयाल्यु जाँच गर्नुहोस् ।

यसले तपाइँको आइओएस डिभाइसको आरएफ एक्सपोजर (एसएआर भ्याल्यु)को विवरण छुट्टै वेब ब्राउजरमा खोल्नेछ ।

कुन एसएआर भ्याल्यु सुरक्षित हुन्छ ?

सुरक्षित एक्सपोजरको लागि एफसीसीद्वारा सेट गरिएको एसएआर भयाल्यु १.६ वाट प्रति किलोग्राम (1.6W/kg) हो ।