काठमाडौं । Android 16 operating system ले मोबाइल र ट्याबलेटमा विभिन्न नयाँ सुरक्षा तथा डिजाइन सुधार ल्याउनुका साथै “Advanced Protection” नामक महत्वपूर्ण सुरक्षा सुविधा पनि ल्याएको छ ।
गुगलका अनुसार यो सुविधा प्रयोगकर्ताको फोनलाई ठगी कल, साइबर आक्रमण र अन्य जोखिमपूर्ण गतिविधिबाट जोगाउन डिजाइन गरिएको हो । यो प्रणालीले शंकास्पद गतिविधि स्वत: पहिचान गरी रोक्ने क्षमता राख्छ ।
प्रयोगकर्ताले चाहेको खण्डमा यो सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था पनि उपलब्ध छ, जसले फोनको सुरक्षा नियन्त्रणलाई अझ सहज बनाउँछ ।
एन्ड्रोइड १६ चल्ने डिभाइसमा “Advanced Protection” सक्रिय गर्न प्रयोगकर्ताले Settings एप खोल्नुपर्छ । त्यसपछि Security & Privacy मेनुमा गएर Other settings अन्तर्गत रहेको Advanced Protection विकल्प चयन गर्नुपर्छ ।
त्यहाँबाट “Turn on” बटन थिचेपछि सुविधा सक्रिय गर्न सकिन्छ । अन्त्यमा फोन रिस्टार्ट गरेपछि यो पूर्ण रूपमा सक्रिय हुन्छ ।
वैकल्पिक रूपमा, Google एपमार्फत पनि यो सुविधा सक्षम गर्न सकिन्छ । Google एपमा गएर All services चयन गरी Personal and device safety अन्तर्गत Advanced Protection मा जानुपर्छ र Device protection विकल्प ट्याप गरेर सक्रिय गर्न सकिन्छ ।
त्यस्तै, यो सुविधा बन्द गर्न चाहने प्रयोगकर्ताले पनि Settings वा Google एपबाटै प्रक्रिया पूरा गर्न सक्छन् । Advanced Protection भित्र गएर Device protection अफ गर्नुपर्छ । यस क्रममा बायोमेट्रिक प्रमाणीकरण वा पिन कोड आवश्यक पर्न सक्छ । अन्त्यमा फोन रिस्टार्ट भएपछि सुविधा निष्क्रिय हुन्छ ।
आईसीटी समाचार