कीवर्डहरू -

ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने

ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने

ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, लामो पोस्ट गर्ने, मनेटाइजेसन र लामो भिडियोहरू अपलोड गर्ने जस्ता सुविधाहरू पाउनेछन् । अब एलन मस्कले केही प्रयोगकर्ताहरूका लागि प्रिमियम र प्रिमियम प्लस निःशुल्क बनाएका छन् । 

एलन मस्कले २५०० प्रमाणित सब्सक्राइबर फलोअर भएका एक्स प्रयोगकर्ताहरूले एक्स प्रिमियमको निः शुल्क सदस्यता पाउनेछन् र ५ हजार फलोअर भएकाहरूले प्रिमियम प्लसको निः शुल्क सदस्यता पाउनेछन् ।
 
एक्सको प्रिमियम सेवाहरू कन्टेन्ट क्रियटरहरूलाई प्रोत्साहित गर्न सुरु गरिएको छ । यसमा कन्टेन्ट मोनेटाइजेशन, एक घण्टासम्म पोस्ट सम्पादन गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यसबाहेक २५ हजार क्यारेक्टरसम्म पोस्ट गर्ने र तीन घण्टासम्मको भिडियो अपलोड गर्ने सुविधा पनि छ । प्रिमियम मात्रै नभएर प्रिमियम प्लस सदस्यहरूले पनि निलो टिक पाउँछन् ।
 
प्रिमियम अकाउन्टः
यसमा अकाउन्टमा निलो चेक मार्क, कम विज्ञापन, मनेटाइजेसन, लामो जवाफ, आईडी प्रमाणीकरण, मिडिया स्टुडियो जस्ता सुविधाहरू उपलब्ध छन् । यो योजनाका लागि हरेक महिना ८ डलर तिर्नुपर्ने हुन्छ ।

प्रिमियम+: प्रिमियमका सबै सुविधाहरू बाहेक, तपाईंले लेख, विज्ञापन बिना ट्वीटरको जेनेरिेटिभ एआई ग्रोकमा पहुँच पाउनुहुनेछ । यो योजनाका लागि प्रत्येक महिना १६ डलर तिर्नुपर्छ ।