कीवर्डहरू -

१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै

१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै

वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३ (पुस २७ र २८ गते) मा पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । 

वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । पछिल्लो पटक सन् २०२२ मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको छ । 

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपियन मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रहरु बाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिने छन् । 

वर्डप्रेस र सूचना प्रविधी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वोर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरु मा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्नेछन् ।

यस वर्डक्याम्पले सहभागीहरूलाई वर्डप्रेस विकासकर्ताहरू र सम्भावित सहयोगीहरूसँग जोडिन पर्याप्त अवसरहरू प्रदान गर्ने जनइएको छ । 

यस वर्ष, योगदान दिवस मुख्य सम्मेलन दिनको एक दिन अघि १२ जनवरीमा सञ्चालन हुनेछ । वर्डक्याम्पमा सहभागिताका लागि दर्ता प्रकृया चाँडै खुल्ला गरिने आयोजकको भनाइ छ । 

यस पटक, वर्डक्याम्प नेपालको आयोजकका रुपमा पोखरा, भरतपुर, काठमाडौँ, भक्तपुर, बुटवल, बिरगंज, विराटनगर तथा भारत र क्यानडाका समेत गरेर ३८ जनाको आयोजक कमिटी रहेको छ । कार्यक्रमको ग्लोबल लिडको रुपमा यम बहादुर क्षेत्री र लोकल लिडको रुपमा निशाल गुरुङ रहेका छन् ।