कीवर्डहरू -

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक र यूट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएको आरोपमा सङ्खुवासभाका केशरमान राईलाई पक्राउ गरेको हो ।

राईलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय, सखुवासभाको सहयोगमा साइबर ब्यूरोले माघ २ गते पक्राउ गरेको थियो । 

उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले दिन ७ (सात) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।