कीवर्डहरू -

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी २० प्रो नेपालमा उपलब्ध भएको हो ।

उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने दाबी कम्पनीको छ । पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको कम्पनीको भनाइ छ ।

जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध रहेको छ । कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २एमपी टेलिफोटो लेन्स र २एमपी म्याक्रो लेन्स सहितको क्वाड-क्यामेरा सेटअप रहेको छ । ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च-गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ । यसमा पब्जी मोबाइलका लागि ९० एफपीएस  र १२० एफपीएस समर्थन, सधैं-चालु एचडीआर र कम-विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान रहेका छन् । 

यो फोन मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ । जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ ।

जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने छ । फोनमा तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जीटी २० प्रोमा १५ महिनाको वारेन्टी हुने इन्फिनिक्स मोबाइलले जनाएको छ । यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ । नजिकको मोबाइल आउटलेट र अनलाइनमा दराजमार्फत फोन खरिद गर्न सकिने छ ।