कीवर्डहरू -

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्ने

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्ने

मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि नयाँ अपडेट जारी गरेको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्छन् ।

इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले जानकारी दिएको थियो र लामो समयदेखि यो फिचरको परीक्षण चलिरहेको थियो ।

इन्स्टाग्राममा पठाइएको मेसेज एडिट गर्नका लागि समय सीमा तोकिएको छ, जसको मतलब तपाईंले पछि सम्म मेसेज सम्पादन गर्न सक्नुहुने छैन् ।

नयाँ अपडेट अनुसार, तपाईंले इन्स्टाग्राममा पठाइएका मेसेज पठाएको १५ मिनेटसम्म सम्पादन गर्न सक्नुहुनेछ । यो सुविधा ह्वाट्सएप, फेसबुक र टेलिग्राममा लामो समय देखि रहेको छ ।