नेपाली सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
एसियनआसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशनको आयोजनामा जापानमा सम्पन्न डिजिटल समिट २०२४ मा इन्फोडेभलपर्स डिजिटल गभर्मेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको हो ।
अवार्ड ग्रहण गरेपछि इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले नेपाल सरकारको डिजिटल रूपान्तरणको यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न तत्पर रहेको बताएका थिए ।
नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो ।
सन् २००२ मा स्थापित इन्फोडेभलपर्स नेपालको अग्रणी आईटी कम्पनी हो । आईटी सम्बन्धि विभिन्न सेवा प्रदान गर्दै आएको कम्पनीले फिनटेक सम्बन्धि प्रडक्टहरू समेत विकास गरेको छ । विदेशमा समेत सेवा विस्तार गरेको कम्पनीमा ३०० बढीले रोजगारी पाएका छन् ।