कीवर्डहरू -

खल्तीबाट फोन पे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा ५० हजार जित्ने मौका

खल्तीबाट फोन पे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा ५० हजार जित्ने मौका

खल्तीले चाडपर्वको माहोललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यानमार्फत हुने भुक्तानमा उपहार उपलब्ध गराएको छ । 

यस अफर अनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले ५० हजार रूपैयाँ, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाचका साथै १०० रूपैयाँ बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् । 

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्यु आर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुनेछन्। 

उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले ५० हजार रूपैयाँ जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्। त्यसै गरि खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा रु १०० बोनस पनि प्राप्त गर्नेछन् । 

खल्तीका सीईओ विनय खड्काले अहिले चाडपर्वको माहोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएको बताए ।