कीवर्डहरू -

भ्वाइससहितको इन्टिग्रेटेड ईआपी कोर बैंकिङ प्रयोग गर्दै किसान साकोस

भ्वाइससहितको इन्टिग्रेटेड ईआपी कोर बैंकिङ प्रयोग गर्दै किसान साकोस

गैंडाकोट नवलपुरमा अवस्थित किसान बचत तथा ऋण सहकारी संस्थाले सिनर्जी टेक सफ्टवेयरसँगको सहकार्यमा भ्वाईस सोलुसन इन्टिग्रेटेड ईआपी कोर बैंकिङ्ग नेपालमै पहिलो पटक सहकारी क्षेत्रमा भित्र्याउने भएको छ ।

एसएमएसले मोबाईलमा अक्षर लेखेर जानकारी पठाए जस्तै यस भ्वाईस सेवा प्रविधिले नेपाली भाषामा सदस्यहरुलाई सेवाहरु उपलब्ध गराउने र आइभीआर र कल सेन्टर जस्ता अत्याधुनिक आवाज प्रविधिको माध्यमबाट सदस्यहरुलाई प्रभावकारी सेवाहरु उपलब्ध गराउनेछ । 

ईआरपी कोर बैंकिङ्गमा ऋण व्यवस्थापन प्रणाली, मानव संसाधन व्यवस्थापन प्रणाली, बजेट निर्माण तथा प्रक्षेपण जस्ता प्रविधि रहने जसले संस्थाको कार्यक्षमता वृद्धि गर्न र एआई सक्षम फ्रड डिटेक्सन जस्ता सुविधा रहेका छन् ।  

किसान साकोसका सिईओ जिवलाल तिवारीले यस प्रविधिमार्फत संस्थाको आन्तरिक नियन्त्रण र अनुगमन संयन्त्रलाई चुस्त बनाउने र सदस्य सेवालाई अझ प्रभावकारी बनाउन कोर बैंकीङ्गमा इन्टिग्रेटेड भ्वाईस सेवा प्रविधिले सदस्य हेरचाह तथा ऋण व्यवस्थापन प्रणाली अत्याधुनिक र प्रभावकारी आशा गरिएको बताए । 

१५ वर्षभन्दा बढीको अनुभवसहित सिनर्जी टेक सफ्टवेयरले सहकारी तथा लघुवित्त क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छ । सिनर्जी टेकले साहारा नेपाल सकोस, छिमेक लघुवित्त, र मुक्तिनाथ विकास बैंकजस्ता नेपालका प्रतिष्ठित संस्थाहरूलाई ईआरपी कोर बैंकिङ र डिजिटल सोलुसन उपलब्ध गराउँदै आएको छ । त्यस्तै, सिनर्जी टेकको उपस्थिति नेपाल र म्यानमारजस्ता अन्तर्राष्ट्रिय बजारमा समेत रहेको छ ।