कीवर्डहरू -

लिंक्डइनमा गेमिङ सुविधा आउँदै

लिंक्डइनमा गेमिङ सुविधा आउँदै

लिंक्डइनमा अब गेमिङ सुविधा समेत उपलवब्ध हुने भएको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न लिंक्डइनले गेमिङ सुविधा समेत ल्याउन लागेको हो ।

तर लिंक्डइनमा उपलब्ध हुने गेम अन्यभन्दा केही फरक हुनेछन् । यसमा आफ्ना कर्मचारीहरूको स्कोरको आधारमा खेलहरूमा कम्पनीको र्‍यांक निर्धारण हुनेछ । 

लिंक्डइन अहिले क्विन, इन्टरफेस र क्रसक्लाइम्ब नामक तीन पजलमा आधारित गेममा काम गरिरहेको छ । गेमिङ फिचर सार्वजनिक हुने मिति कम्पनीले जानकारी दिएको छैन् । 

लिंक्डइनका प्रवक्ताले टेकक्रन्चसँग प्रयोगकर्ताको अनुभव रमाइलो बनाउन, सम्बन्धलाई गहिरो बनाउन र कुराकानीका लागि थप अवसर सिर्जना गर्न पजमा आधाधारित गेमिङ सुविधा ल्याउन लागेको बताएका छन् ।