कीवर्डहरू -

एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता

एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् ।

यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाको सुरुवातसँगै आईएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्यूआरमार्फत् सहज रूपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएमार्फत भुक्तानी गर्न सक्नेछन् ।

आइएमएस सफ्टवेयर नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । आइएमएसले आफ्ना ग्राहकहरूका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापान लगायतका देशहरूमा २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।