कीवर्डहरू -

बीपीए अवार्डबाट एनसीएचएल सम्मानित

बीपीए अवार्डबाट एनसीएचएल सम्मानित

नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ कालागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ मेरिट प्रदान गरिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्सिटीच्युट अफ चार्टर्ड अकाउ्टेण्ट्स अफ नेपाल (आईक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा समेत कम्पनीले आईक्यान तथा साउथ एशियन फेडेरेसन अफ अकाउन्टेन्ट्स (साफा) बाट 'Best Presented Annual Report Awards' (बीपीए) पुरष्कार प्राप्त गर्दै आएको छ । 

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धित कम्पनी हो। अघिल्ला वर्षहरुमा पनि कम्पनीले आईक्यान या साउथ एशियन फेडेरेसन अफ अकाउ्टेण्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको छ । 

कम्पनीले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको बताएको छ।