कीवर्डहरू -

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।

बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् ।

साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ग्राहकहरूले आफ्नो एपमार्फत इमेल भेरिफिकेसन गरी सजिलै लोनका लागि आवेदन दिन सक्नेछन् ।

यसमा योग्य हुनका लागि बैंकले तोकेका विभिन्न मापदण्डहरु भने पुरा गर्नुपर्दछ । जस्तै तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि चाहिने बैंकको भनाइ छ ।