नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले हब स्थापना गरेको हो ।
पछिल्लो समय बैंकिड तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा प्रयोग बढ्दो छ । यस क्षेत्रमा नवप्रवर्तकहरू समेत आइएरहेका छन् ।
यसैलाई मध्यनजर गर्दै राष्ट्र बैंकले वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, Non-binding Guidance, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल इन्नोभेसन हब स्थापना गरेको हो ।