श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सुधार गर्न निर्देशन दिएका हुन् ।
उनले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए । यदि नसक्ने भए यही सफ्टवेयर प्रयोग गरेर आगामी एक महिनाभित्र एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने व्यवस्था गर्ने आपूर्तीकर्तालाई बताएका थिए ।
वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ ।