कीवर्डहरू -

अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने

अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने

इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरूको समय बचाउन अब फेसबुक र इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस प्रयोग गर्न सकिनेछ ।

यसका लागि प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राममा छुट्टाछुट्टै जानु पर्दैन् । यो वाबेटाइन्फोको रिपोर्टमा स्क्रिनसट पनि सेयर गरिएको छ । यस स्क्रिनसटमा स्टेटस प्राइभेसीसँगै स्टेटस सेयर गर्ने विकल्प पनि देखिएको छ ।

स्टेटस प्राइभेसीमा, सेयर माई स्टेटस अपडेट विकल्प तल देखिनेछ । यसको मतलब, यदि ह्वाट्सएप प्रयोगकर्ताले चाहेमा फेसबुक, इन्स्टाग्राम वा दुबै प्लेटफर्महरूमा स्टेटस साझा गर्न सक्नेछन् ।

इन्स्टाग्राम र फेसबुक प्रयोग नगर्ने ह्वाट्सएप प्रयोगकर्ताहरूले पनि ह्वाट्सएपबाट अकाउन्ट सेटअप अप्सनमा जान सक्नेछन् ।

ह्वाट्सएपको यो नयाँ फिचर ह्वाट्सएप बेटा एन्ड्रोइड अपडेट संस्करण २.२३.२५.२० मा देखिएको छ । अहिले ह्वाट्सएपको यो फिचरमा काम भइरहेको छ । यस सुविधाको बारेमा नयाँ अपडेट चाँडै जारी हुने अपेक्षा गरिएको छ ।