कीवर्डहरू -

अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने

अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने

बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले ई–ब्लुबुकको शुभारम्भ गरेका हुन् । 

अब नागरिक एपमा पनि सवारी धनी प्रमाणपत्र (ब्लुबुक) को डिजिटल अभिलेख रहने छ । यससँगै अब सवारीधनीले ब्लुबुक बोकेर हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ । अब प्रकृया पुरा गर्ने सवारी साधनको क्यू आर कोडसहित ई-ब्लुबुक जारी हुनेछ । उक्त क्युआर स्क्यान गरेरै सवारीको जाँच हुनेछ ।

सवारीधनीले भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने तथा नवीकरण सेवा र क्लासको व्यवस्था जस्ता सुविधा मोबाइलबाटै लिन मिल्ने गरी ई–ब्लुबुक सेवाको सुरू गरिएको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए ।